काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरमै घाइतेहरुको उद्धार गर्न थालिएको छ । प्रधानमन्त्री दाहाल जाजरकोट ओर्लिएर जिल्ला अस्पताल र आसपासका क्षेत्रमा अवलोकन गरेर रुकुम पश्चिम पुगेका छन् । उनी चढेको हेलिकप्टर भने घाइतेको उद्धारमा खटिएको छ । भने प्रधानमन्त्री प्रचण्ड अहिले सानीभेरी अस्पताल पुगेका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दाहाल चढेको हेलिकप्टरमार्फत् जाजरकोटको नलगाडका ७ जना घाइते र निजका कुरुवाहरुलाई सुर्खेत लगिएको छ ।अब प्रधानमन्त्री दाहाल सुर्खेतबाट जहाज चढेर काठमाडौं आउने र हेलिकप्टरले घाइतेहरुको उद्धार गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड सुर्खेतबाट जहाज चढेर आउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0