जाजरकोट भूकम्पका घाइतेहरुलाई काठमाडौ पनि ल्याइनु पर्ने हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यी तीन अस्पताललाई हाई अलर्टमा बन्न आग्रह गरेको छ । मन्त्रालयले टिचिङ, वीर र ट्रमालाई अलर्ट रहन आग्रह गरेको हो । अहिले भुकम्पबाट घाईतेहरुको सुर्खेत अस्पताल, भेरी अस्पताल र नेपालगंज अस्पतालमा उपचार भइरकेको छ।

काठमाडौबाट सेना, प्रहरी र वीर अस्पतालबाट हाडजोर्नी, एमडिजिपी, पारामेडिक्स, नर्स लगायतको स्वास्थ्यकर्मीको ४१ जनाको मेडिकल टोली जाजरकोट प्रस्थान गरिसकेको स्वास्थ्य तथा मन्त्रलयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले मन्त्रालयको आग्रह अनुसार ट्रमाको ईमर्जेन्सी टिम तयारी अवस्थामा रहेको जानकारी दिए।

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले पहिले ट्रमाको आकस्मिकमा ल्याइने र थप उपचारका लागि वीरको स्वास्थ्य टोली तयारी रहेको बताए।

त्यसैगरी,शुक्रबार ११ं४७ मा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको छ । भने जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ गरी १४० जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0