काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पताल पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले जिल्ला अस्पताल पुगेर भूकम्पमा घाइते भएकालाई भेटेका छन् ।

घाइतेसँग भेटेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनी आज बिहान जाजरकोट प्रस्थान गरेका थिए । जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुगेको छ । जाजरकोटमा ९२ र रुकुम (पश्चिम)मा ३७ जनाको मृत्यु भएको हो । भूकम्पमा १४० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0