जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराती ११:४७ बजे गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ ।भने १४० घाइते भएको नेपाल प्रहरीले जनाएको छ । शनिबार विहान ८ :१५ बजेको प्रहरी अपडेटमा जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।

प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा डीआईजीपी डा गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोली, नेपाली सेनाको लेफ्टीनेन्टको कमाण्डमा अरु ११ जनाको रेस्क्यु टिम एमआई १७ हेलिकप्टरबाट विहान ७ ५७ बजे उडेको जनाएको छ । उद्धारका लागि रुकुम पश्चिबाट ३२०, जाजरकोटबाट ४५०, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना, चौरझारी बेसक्याम्पबाट जाजरकोट र रुकुमपश्चिको लागि १० १० जना प्रहरी टोली खटिएको जनाएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0