जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ। उपमेयर सिंह सदरमुकाम खल‌गामा रहेको घर भत्किँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ। जाजरकोटमा उनीसहित २० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ भने कयौ घाइते भएका छन्।

शुक्रबार रागि ११ः४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र जाजरकोटमा मानवीय तथा भौतिक क्षति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0