काठमाडौँ। बागमती प्रदेश सरकारले स्वास्थ्य निर्देशनालय हेटौडाको निर्देशकको जिम्मेवारी सागर घिमिरेलाई दिएको छ। बिहीबार मुख्यमन्त्री कार्यालयले प्रमुख सचिवस्तरीय निर्णय गर्दै घिमिरे स्वास्थ्य निर्देशनालय हेटौडाको निर्देशकको जिम्मा दिएको हो ।
घिमिरे यसअघि स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा थिए । भने अहिले घिमिरेको स्थानमा डा. भुवन पौडेललाई ल्याइएको छ। डा पौडेल यसअघि प्रदेश स्वास्थ्य तालीम केन्द्र काठमाडौँका प्रमुख थिए।

लुम्बिनी प्रदेश स्वास्थ्य तालीम केन्द्रमा दरबन्दी रहे पनि काजमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुखको रुपमा कार्यरत महेश्वर प्रसाद श्रेष्ठको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटै काज फिर्ता भएपछि घिमिरेलाई त्यहाँ पठाइएको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0