बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले माडीको बघौडा अस्पताललाई विशेषज्ञ अस्पताल बनाउन आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । माडीको बसन्तपुरस्थित बघौडा अस्पतालमा अन्तरङ्ग विभागको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले प्रदेश सरकारका तर्फबाट हनुमानझुलामा ल्याब स्थापनाका लागि आवश्यक सहयोग गर्ने बताएका हुन् ।

माडीका जनप्रतिनिधि र राजनैतिक दलहरुले प्रादेशिक अस्पताल बनाउन जोडबल गरिरेको स्मरण गर्दै कुनै एक रोगसम्बन्धी विशेषज्ञ अस्पताल बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सरकारका तर्फबाट हनुमानझुलामा ल्याब स्थापनाका लागि आवश्यक सहयोग गर्ने समेत उनले बताए ।

नर्सको व्यवस्था रहेकोमा थप १ वटा विद्यालयमा समेत नर्सको व्यवस्था गर्ने उनले बताए । यसबाहेक प्रदेश सरकारका तर्फबाट बघौडा अस्पतालका डाक्टरहरुलाई पोष्टमार्टम तालिम दिइने र अस्पतालमा छात्रवृत्ति करार डाक्टरहरु थप गर्ने तथा थप मेडिकल सामग्रीहरु पठाउने पनि उनले बताए। अस्पताललाई हुने खाने भन्दा हुँदा खाने वर्गको पहुँच पुराउने लक्ष्यका साथ काम गरिरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0