स्वास्थ्य क्षेत्रमा विश्वव्यापी नियम बनाउने डब्लुटिओ तथा डब्लुएचओका नियमका आधारमा औषधि, खोप र स्वास्थ्य सेवामा पहुँच र प्रभावबारे छलफल गर्न वर्कसप जारी छ । काठमाडौंमा एनजिओ फेडेरेसन अफ नेपाल, थर्ड वर्ड नेटवर्क र द पिपुल्स भ्याक्सिनले आयोजना गरेको दुई दिने वर्कशपमा डब्लुटिओको सदस्य बनेपछि औषधीको मुल्यमा हुने प्रभावकाबारे पहिलो दिन विज्ञहरुसँग अन्तर्क्रिया गरिएको हो ।
वर्कशपमामा बोल्दै नेपाल सरकार अर्थ मन्त्रालयका सल्लाहकार तथा ‘साउथ एसिया वाच अन ट्रेड इकोनोमिक एण्ड इन्भ्यारोमेन्टका अध्यक्ष समेत रहेका डा पोषराज पाण्डेले गुणस्तरीय स्वास्थ्य सेवामा र पहुचमा क्रमिक सुधार भएको भन्दै १९९६ को तथ्यांक हेर्दा धेरै सुधार भएको बताए ।
उनका अनुसार सन् १९९६ मा मातृमृत्युदर बाल मृत्युदर, सरुवारोगको भार जस्ता कुरामा केही क्रमिक सुधार आएको छ । उनले भने, ‘जुन मातृमृत्यु, बालमृत्युदर, सरुवारोगको भार जस्ता कुरामा सुधार गर्न सकेका छौं त्यो सरकारले एकलै मात्र लागेर भएको होईन्, तपाईहामी पनि लागेर भएको हो । ‘
उनले २०२६ मा विकशित मुलुकमा प्रवेश गर्दा नेपालमा औषधि र खोपका चुनौतिका बारेमा प्रष्ट पारेका थिए । उनले २०३४, सम्म अविकसित देशका लागि केही सुविधा त दिएको छ तर २०२६ मा हामी विकासशील मुलुकमा जादा भने धेरै नियम कार्यन्वयन गर्नुपर्ने रहेको बताए।
त्यसैगरी, थर्ड वर्ड नेटवर्कका वरिष्ठ कानुनी सल्लाहकार तथा अनुसन्धानकर्ता रन्जु सेनगुप्ताले अविकसित मुलुकका जनताको स्वास्थ्यमा समान पहुँच हुनुपर्ने बताईन् ।
एनजिओ फेडेरेसनका सल्लाहकार शान्तलाल मुल्मीले सामान्य उपचार गर्न मानिसले घर खोत बेच्नुपरेको एक उदारण दिदैं २०२६ मा अझ यो समस्या बढ्ने हो कि भन्दै चिन्ता व्यक्त गरे । उनका अनुसार नेपालमा स्वास्थ्य जनताको मौलिक अधिकारका रुपमा संविधानमा सुनिश्चित गर्न के कस्ता पहल गरेको छ । त्यसको पहुँच र कार्यन्वयनमा भने अझै धेरै काम गर्नु पर्ने छ ।
काउन्सिल फर सोसियल डिभलपमेन्टका उपाध्य प्रा.डा विश्वजित धरले डब्लुटिओको सदस्य बनेपछी के कस्ता फाईदा तथा वेफाईदा सामना गर्नु पर्छ भन्ने विषयमा भारतको अनुभव सुनाए। उनले थपे,’विकसित देशले रि एस्प्रिन र प्यारासिटामोल जस्ता पुराना औषधी नयाँ प्रकार र नयाँ कामका नाममा प्याटेन्टमा रहिरहन सक्छ।’
यसैगरी, सरकारी तथा गैरसरकारी क्षेत्रले जनस्वास्थ्यका यस्ता समस्यामा कसरी आवाज बुलन्द सरकारलाई नेगिसियसन गर्न दवाव दिन सकिन्छ भनि सरोकारवालाहरु एकै ठाँउमा आएर निचोड निकाल्नु पर्ने एनजिओ फेडेरेसन नेपालका अध्यक्ष राम प्रसाद सुवेदीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0