विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको लागि आज चुनाव हुँदैछ । भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण- पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ ।

उक्त पदमा नेपालका र बंगलादेश दाबेदार छन् । नेपालको तर्फबाट डब्ल्यूएचओमा उम्मेदवारी शम्भुप्रसाद आचार्य दिएका छन् । भने बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद उम्मेदवार छिन् ।

डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । यसपटक म्यानमानर बाहेकका १० देशले क्षेत्रीय निर्देशक चयन गर्दैछन् ।

म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न पाउँने छैन्।  १० देशका स्वास्थ्यमन्त्रीले मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् ।

यसैबीच, १४ जना विश्व प्रतिष्ठित स्वास्थ्य विशेषज्ञहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक गर्दै डब्ल्यूएचओको सेरो सदस्य राष्ट्रहरुलाई क्षेत्रीय निर्देशक चयन गर्दा राजनीतिभन्दा टाढा रहन अपिल गरेका छन् ।

संयुक्त अपिल जारी गर्नेहरुमा संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव तथा युनिसेफका उपकार्यकारी निर्देशक डा. कुलचन्द्र गौतम, भारतका पूर्वस्वास्थ्य सचिव सुजाथा राव, सिड्नी विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका सेई अबिम्बोला, डब्ल्यूएचओ सेरोका पूर्व निर्देशक डा। स्वरुप सरकार लगायत छन् ।

उनीहरुले संस्थालाई अनुभवी, प्राविधिक ज्ञानको गहिराई र पूर्वाग्रहविना सबैलाई समान रुपमा सेवा दिन सक्ने तटस्थ क्षेत्रीय निर्देशक चाहिने उल्लेख गर्दै  भनेका छन्, ‘संकीर्ण राजनीतिक चालबाजीबाट जोगिएर सबै देशका लागि काम गर्न सक्ने, द्विपक्षीय वाचा र राजनीतिक स्वार्थभन्दा बाहिर जान सक्ने बलियो डब्ल्यूएचओको बारेमा सोच्न आवश्यक छ । यस्तो एक उम्मेदवारको नियुक्ति सुनिश्चित गर्नुहोस् जसले डब्ल्यूएचओलाई बलियो बनाउन, तटस्थता र राम्रो व्यवस्थापनको जनादेश पूरा गर्न ‘एक डब्ल्यूएचओ’को लागि काम गर्न सक्दछ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0