काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लेड (सिसा)को विषबारे जनचेतना फैल्याउन अन्तर्राष्ट्रिय सचेतना सप्ताह-२०२३ मनाइएको छ। नेपालमा “बाल्यकालमा हुने लेड (सिसा) को विषाक्तता अन्त्य गरौं” भन्ने नारासहित विभिन्न कार्यक्रमहरू गरी फैल्याउन अन्तर्राष्ट्रिय सचेतना सप्ताह(२०२३ अक्टोबर २२ देखी २९ तारिख सम्म सप्ताह मनाइएको मन्त्रालयले जनाएको छ ।

नेपालमा भएका अनुसन्धानहरूमा बालबालिका, प्रजनन समुहका वयष्क मानिसहरू, आयूर्वेदिक औषधि सेवन गर्ने बिरामीहरू, सरसफाईकर्मीहरू एवं रंगरोगनमा संग्लन पेन्टरहरूको रगतमा लेड (सिसा) अत्यधिक मात्रा भन्दा बढीमा पाइएको मन्त्रलयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले सम्भाव्य श्रोतहरू रंगरोगन (पेन्ट्स), सौन्दर्यका प्रशाधनहरू ९लिपस्टिक, काजल०, रंगीचंगी खेलौनाहरू, खानेकुरामा, आयूर्वेदिक औषधि आदि भएको जानकारीमा आएको बताए।

डा। बुढाथोकीले नेपाल सरकार लेड (सिसा) को प्रयोगलाई निरुत्साहित गर्न प्रयत्नरत रहेको र यस्ता लेडको विषाक्तताबाट जोगिन सबै सचेत हुनुपर्ने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0