स्वास्थ्य तथा जनसंख्या मोहन बहादुर बस्नेत भोली देखि सुरु हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) को पूर्ण बैठकमा भाग लिन भारत गएका छन् । मन्त्री बस्नेतसहित स्वास्थ्य सचिव रोसन पोखरेललगायत गएका हुन् ।
उक्त बैठकले दक्षिण पूर्वी एसिया क्षेत्रको नेतृत्व गर्नका लागि उम्मेद्धारी दिएका दुई व्यक्तित्व नेपालका डा.शम्भूप्रसाद आचार्य र बंगलादेशकी साइमा बाजेद मध्ये एक जनालाई छनौट गर्नेछ । भोलि देखि चार दिन अर्थात ३० अक्टुबर देखि २ नोभेम्वर सम्म चल्नेछ । डब्लुएचओ (सेरो) मा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिब्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार गरी ११ सदस्यीय राष्ट्र छन् । तर म्यानमारलाई अहिले भोट गर्ने अधिकार दिइएको छैन् । त्यसैले यसपटक १० देशको भोटबाट क्षेत्रीय निर्देशक तय हुनेछ ।
बैठकले छनौट गरेको नामलाई आगामी २२ देखि २७ जनवरीमा स्विट्जरल्याण्डको जेनेभामा हुने डब्लुएचओ बोर्ड बैठकमा पेश गरिनेछ । नव नियुक्त क्षेत्रीय निर्देशकले १ फेब्रुअरी २०२४ देखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नेछन् ।
यसपटकको बैठकमा डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस र डब्वुएचओको दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहको उपस्थिति रहने जनाइएको छ ।