नेपालका विभिन्न देशका ७ जना पूर्वराजदूतले इजरायल र प्यालेस्टाइन युद्धमा हजारौँ नागरिकको ज्यान गएको प्रति चिन्ता व्यक्त गरेका छन्। आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आफ्नो अधिकारको खोजी गर्दा निर्दोष र निहत्था नागरिकलाई हत्या गर्ने कार्य भएको भन्दै त्यसको भत्र्सना गरेका हुन्।

विज्ञप्तिमा पुर्वराजदूतहरू निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले हस्ताक्षर गरेका छन्। गाजा क्षेत्रमा भएको हिंसाका घटना जारी रहँदा ठुलो मानवीय सङ्कट पैदा भएको भन्दै उनीहरूले अस्पताल जस्तो ठाउँमा गोलाबारी गरी स्वास्थ्यकर्मी, बिरामी, घाइते र बिरामी कुरुवाको हत्या जस्तो बर्बर र जघन्य अपराधको जति भत्र्सना गरे पनि नपुग्ने धारणा सार्वजनिक गरेका हुन्।

जारी हिंसामा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणबाट नेपाली र अन्य धेरै मुलुकका निहत्था १४०० भन्दा बढी नागरिकको हत्या, अरू हजारौँलाई घाइते बनाउने र कैयौँलाई बन्धक बनाउने काम भएको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल र प्यालेस्टाइन बिच चलेको हिंसाको नयाँ लहरबाट हामी गम्भीर रूपमा चिन्तित छौँ।’

‘हामी प्यालेस्टिनी जनताको अधिकारका पक्षमा छौँ, तर आफ्नो अधिकारको खोजी गर्ने क्रममा निर्दोष र निहत्था मान्छेलाई हतियारबन्द हमला गरी हत्या गर्ने र बन्धक बनाउने जस्ता क्रियाकलापको भने निन्दा तथा भत्र्सना गर्दछौँ । हमास समूहको यो निन्दनीय कार्यको प्रतिक्रियाका नाममा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्दै जुन प्रतिहिंसाको सिलसिला सुरु गर्यो, त्यसबाट गाजा पट्टीमा सर्वसाधारणका बस्तीमा बम गोलाबारी गरी ४३०० भन्दा बढीको हत्या र अरू हजारौँ घाइते बनाउने काम भयो’विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0