आज बुधबारदेखि कैलालीको गेटा अस्पतालमा सेवा संचालमा आउने भएको छ। अस्पतालले बुधबारदेखि विभिन्न ८ वटा सेवा प्रदान गर्ने जनाएको छ। जसमा जनरल ओपिडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउण्ड सेवा, एक्स-रे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा उपलब्ध हुनेछन्।

अस्पतालका निर्देशक प्रमाेद जाेशीले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा बिस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा विस्तार गर्ने जानकारी दिए।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0