जलवायु परिवर्तनका कारण बियरको स्वादमा परिवर्तन भइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । हालैको अनुसन्धानले बियरलाई छुट्टै तितो स्वाद दिने युरोपेली फूल हप्सको मात्रा घट्दै गएको देखाएको छ । बियर युरोपेली संस्कृति को एक महत्वपूर्ण भाग हो।

बियर बनाउने प्रक्रियामा, तितोपन प्रदान गर्न उमाल्न अघि हप्स थपिन्छ। यद्यपि, बियरको समग्र स्वाद परिवर्तन गर्न पछि यसलाई प्रयोग गर्न सकिन्छ।

अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले युरोपेली हप्स खेती गर्नेहरूलाई विभिन्न प्रविधि अपनाउन सल्लाह दिएका छन्। अध्ययनले सुगन्धित हप्सको औसत उत्पादन २० प्रतिशतले घटेको बताइएको छ ।

कोरोना महामारीका बिच सन् २०२० मा बियरको मूल्य १३ प्रतिशतले बढेको छ । बीबीसी

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0