शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनाको कलेजो प्रत्यारोपण भएको छ। गत शुक्रबार काठमाडौंकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको गरिएको हो । उनलाई ३७ बर्षीया बुहारीले कलेजो दान गरेकी हुन्।

केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको शुक्रबारको प्रत्यारोपणलाई सघाउन भारतको लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथम आएका थिए । केन्द्रबाट  १ हजार १३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपण भएको छ।

केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो । सोही केन्द्रले नेपालमा पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको शुरुवात गरेको थियो ।

अहिले केन्द्रमा कलेजो प्रत्यारोपण कम्तीमा १५ लाखमा रुपैयाँमा हुने गरेको छ। केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0