दसैँका लागि काठमाडौं उपत्यका भित्रिएका खसी तथा बोकाको स्वास्थ्य परीक्षण सुरू भएको छ । पशुसेवा विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरेको जनाएको छ ।

विभागका महानिर्देशक डा उमेश दाहाले लगनखेल, आकाशे धारा, थानकोट, दहचोक,  कालिमाटी माछा बजार, धापाखेल, कलङ्की खसी बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, मूलपानीमा टोली परिचालित हुने जानकारी दिए ।

उनका अनुसार नमूना सङ्कलनपछि स्वस्थ्य देखिएमा हरियो रङ र अस्वस्थ्य रोगी देखिएकालाई रातो सङ्केत गर्ने व्यवस्था मिलाइएको छ ।

उनले स्वस्थ्यकर र फुर्तिलो खसी, बोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री वितरण गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरे ।

यता,काठमाडौं महानगरपालिकाले दसैँका लागि महानगरभित्र बिक्री वितरण हुने  खसी तथा बोकालगायतका  पशुपंक्षीको स्वास्थ्य परीक्षण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0