जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ की १८ वर्षीया सुत्केरी सपना बस्नेतको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

सुत्केरी भएपछि स्वास्थ्य अवस्था जटिल भएका कारण उनको रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट आज उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको छ ।

बारेकोट गाउँपालिकाको लिम्सास्थित स्वास्थ्य संस्थामा उपचार हुननसकेपछि बस्नेतलाई उपचारका लागि रुकुमपश्चिमको चौरजहारी अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि सुर्खेत लगिएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

सुत्केरी ब्यथा लागेर गम्भीर भएकी बस्नेतले मृत बच्चा जन्माएका थिए। आमाको स्वास्थ्य अवस्था जटिल बनेपछि गाउँपालिकाको समन्वयमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मार्फत हेलिकप्टरमा प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0