काठमाडौं । आँखा भनेको संसार देखाउँने अंग हो । पछिल्लोे समय लामो समयसम्म कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय विताउने बालबालिकामा पनि दृष्टि दोषको समस्या बढ्दै गएको छ । दृष्टि दोष भनेको हाम्रो दृष्टिमा ह्यास आउँनुलाई बुझिन्छ ।
सामान्यतया दृष्टि दोष दुई प्रकारका हुन्छन् । पहिलो अदुर  दृष्टि दोष । जसलाई अग्रेजी भाषामा (मायोपिया) पनि भनिन्छ । जसबाट टाढाको वस्तु धमिलो देखिने) हुन्छ । दोस्रो दुर दृष्टि दोष । जसलाई चिकित्सकीय भाषामा हाइपरमेट्रोपिया पनि भन्ने गरिन्छ । मायोपियाको समस्या विभिन्न कारणले हुनसक्छ । कुनै बालबालिकामा जन्मजातै मायोपिया समस्या हुनसक्छ ।

अझ भनौं पछिल्लो समय कोभिड १९ का कारण अझ बढेको देखिन्छ । स -सना बालबालिकाले आफ्नो दृष्टिमा समस्या रहेको व्यक्त गर्न सक्दैनन् । भने अभिभावकहरुले पनि आफ्नो बच्चाको आँखाको समस्यामा ध्यान नदिएको पाईन्छ । ढिला गरी थाहाँ पाउँदा ति बच्चाको दृष्टि निकै कमजोर भएको हुन्छ ।
अर्को, नबोल्ने बच्चाको हकमा घाममा हेर्दा आँखा झिक्याउँने, आँखा (टाउको छड्के पारेर हेर्ने ) आँखामा डेडोपन देखिने समस्या हुन्छ । मेरो बच्चामा आँखामा समस्या छ भनेर उपचारका लाग्नुपर्ने हुन्छ । अझ सात महिनामा जन्मिएका बच्चामा आँखाको विकास कम भएको हुन्छ ।

यीनीहरुमा आँखाको पर्दाको विकास कम भएको हुन्छ । त्यस कारण अभिभावकहरुले दृष्टि दोष आफ्नो बच्चामा छ कि छैन भनेर आँखाको दृष्टिको  हरेक ६–६ महिनामा बच्चाको दृष्टि परीक्षण गराउँनुपर्छ । विश्व व्यापीरुपमा २०५० सम्ममा घरमा दुई बालबालिकाहरुमा एक जनामा दृष्टि दोषको समस्या देखिने एक अध्ययनले देखाएको छ । हामीहरुको अधिकाशंको चलन के छ भने आँखामा कुनै समस्या नआएसम्म बच्चाको आँखा परीक्षण नगर्ने गरिन्छ । समस्या आएपछि मात्र उपचार गर्न जाने गरेको देखिएको छ । त्यसले आँखाको समस्या झनै जटिल बनाउँछ ।

स्कुलमा पनि शिक्षकले विद्यार्थीले टाढाको नदेखेको,कुनै पनि अक्षर हराए जस्तो लाग्ने वा टाउको दुखेको भनेमा ती विद्यार्थीको अभिभावलाई भनिदिनुपर्छ । अभिभावकले आफ्नो बच्चालाई आँखाको उपचारका लागि ल्याउँनु हुन्छ । हामीले परीक्षण गरेर बच्चालाई चस्मा लगाउँन भनेर भनेका हुन्छौं । तर अभिभावकले चस्मा लगाउँनै पर्छ ? प्रश्न गर्नुहुन्छ । उहाँहरुले बच्चालाई चस्मा लगाएपछि आँखा झनै कमजोर हुने हो कि भने भन्ने भ्रम छ ।

दृष्टि धमिलो भएमा आँखामा चश्मा लगाएर यसको उपचार गरिन्छ । चश्मा लगाएको खण्डमा बच्चाले राम्ररी आँखा देख्न सक्दछन् । भने हामीले पठाउँने गरेका छौं । उहाँहरुले बच्चालाई चस्मा लगाएपछि आँखा झनै कमजोर हुने हो कि भने भन्ने भ्रम छ । चस्मा दिएपछि ४ देखि ६ हप्तामा चस्मा लगाएको छ कि छैन् ।

आँखाको दृष्टिको अवस्था के छ भनेर हेर्ने परीक्षण गछौं ।  दृष्टि  विशेषज्ञले चस्मा लगाउँन भनेपछि नियमित लगाउँनुपर्छ पढ्ने बेला मात्र लगाउँने हैन । नियमित चस्मा लगाएमा दृष्टि दोषको समस्या घट्छ । चस्मा कहिले काही लगाउँने छोड्ने गरेमा झनै समस्या बढ्छ ।

अन्त्यमा : दृष्टि दोषका कारण बालबालिकाहरुमा नकारात्मक असर उनीहरुको पढाइ तथा व्यक्तित्व विकासमा परिरहेको हुन्छ र थाहै नपाई बालबालिकाको आँखामा सधैंका लागि खराबी आउन सक्छ । तसर्थ, अभिभावकले बालबालिकाको आँखाको समस्याबारे मिहिन ढंगले बुझ्ने कोसिस गर्नु राम्रो हो । प्रत्येक स्कुलमा ६ महिना अथवा १ वर्षमा विशेषज्ञबाट आँखा स्वास्थ्य सम्बन्धी कक्षा दिन जरुरी देखिन्छ ।

(डा.भट्टसँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0