मनहरी । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालनमा आएको सो नयाँ बर्थिङ सेन्टरमा पहिलोदिन ४० गर्भवतीले आफ्नो गर्भावस्था परीक्षण गरेका थिए।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले उक्त सेन्टरको शुुभारम्भ गर्दै चेपाङ र तामाङ समुदायका महिलालाई लक्षित गरेर सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए। सो सेन्टरमा हेटौँडा अस्पतालका डा विदुर भण्डारीले पनि सेवा प्रदान गरेका जनाइएको छ । गाउँपालिकाको स्वास्थ्य संयोजक कृष्णकुमार यादवले पालिकामा वडा नम्बर २, ३, ५, ८, ९ मा यसअघिनै बर्थिङ सेन्टर सञ्चालन भइसकेको जानकारी दिए।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1