मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहलाई प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको छ। मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ले सम्मान गरेका हुन् ।

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिंह जेष्ठ ९ गते नियुक्त भएका थिए । स्वास्थ्यमन्त्री सिंहले घर घरै पुगेर मुसहर समुदायको शिक्षा, स्वास्थ्य, समस्याहरु सुन्ने र समस्या समाधानमा काम गदै आएका छन
। स्वास्थ्यमन्त्री सिंहले क्षयरोग पहिचान भएकालाई निःशुल्क उपचार, पोषण खर्चलगायतको सुविधा मधेश प्रदेश सरकारले उपलब्ध गराउने काम गरेका थिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0