बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीलाई प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको छ। मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मान गरेका हुन् ।

गत जेठ ७ गते बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा जोशी नियुक्त भएका थिए । मन्त्री जोशीले आफ्नो कार्यकालमा प्रादेशिक अस्पतालहरुमा विपन्नलाई निस्शुल्क उपचारको निर्णय गरेका थिए ।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका आश्रममा आश्रित, अपाङ्ग, सिमान्तकृत तथा लोपउन्मुख जातीहरुको निःशुल्क बीमा, महिला स्वास्थ्य स्वंसेविकाहरुलाई ५० प्रतिशत अग्रिम भुक्तानी गरी बीमाको व्यवस्था स्वास्थ्यमन्त्री जोशीले गरेका थिए ।
क्यान्सर तथा हृदयघातका बिरामीहरुलाई उपचारमा छुट दिने निर्णय समेत मन्त्री जोशीले गरेका थिए ।

प्रदेशभित्रका प्रादेशिक अस्पतालहरुलाई ६५ वर्ष माथिका तथा विपन्नलाई नि:शुल्क दन्त उपचार सेवा र प्यारालाइसिस भएकाहरुलाई प्रादेशिक आयुर्वेदिक अस्पतालमा नि:शुल्कथेरापीको व्यवस्था पनि गरेका छन् ।

जोशीका यिनै कार्यहरुलाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले सम्मानित गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0