ललितपुर रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एकै व्यक्तिको कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण गरेको छ। अस्पतालमा हिजो दिउँसोबाट सुरु गरेको प्रत्यारोपण आज विहान सम्पन्न भएको हो । यो शल्यक्रिया नेपालको इतिहासमै पहिलो पटक र दुर्लभ शल्यक्रिया भनेको छ । कलेजो तथा मिर्गौला ग्रहण गर्ने व्यक्ति भरतपुर, चितवन निवासी ३४ वर्षीया महिला छिन्। उनलाई ३५ वर्षीय श्रीमानले कलेजो दान गरेका थिए भने ३२ वर्षीया भाउजुले मिर्गौला दान गरेकी थिइन्।
किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्य चिकित्सक प्राडा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त लिभर ट्रान्सप्लान्ट सर्जन डा एकानन्द सिंह, मिर्गौला ट्रान्सप्लान्ट सर्जन डा नारायण भुसाल, मिर्गौला ट्रान्सप्लान्ट नेफ्रोलोजिस्ट डा सन्तोष क्षेत्री र डा कश्यप दाहाल,लिभर ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा वरुण श्रेष्ठलगायत चिकित्सकहरुको सहभागिता रहेको थियो भने ।

भारतको एपोलो अस्पतालका चिफ ट्रान्सप्लान्ट सर्जन डा निरभ गोयल, सिनियर ट्रान्सप्लान्ट सर्जन डा अरुणकुमार भेनुथुरिमिल्ली र चिफ ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा सञ्जीव अनेजाको सहभागिता रहेको अस्पतालले जनाएको छ ।

किस्ट अस्पताल नेपालका प्राइभेट अस्पतालहरुमध्ये मानवका दुवै अंग कलेजो र मिर्गौला प्रत्यारोपण गर्ने एक मात्र मान्यताप्राप्त अस्पताल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0