स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा= विकास देवकोटाले देशमा मानसिक स्वास्थ्यको अवस्था जटिल बन्दै गएको र महिलाको तुलनामा पुरुष मानसिक रोगको बढी सिकार भएको बताएका छन् ।

मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आयोजित कार्यक्रममा डा. देवकोटाले देशमा नसर्ने रोग र मानसिक समस्या दुई दशकको तुलनामा १० प्रतिशत देखि ८० प्रतिशतसम्म वृद्धि भएको बताए ।

उनले भने,‘मानसिक स्वास्थ्य र नसर्ने रोगहरु गत दुई दशकको तुलनामा १० प्रतिशत देखि ८० प्रतिशतसम्म वृद्धि भएको पाइन्छ । मानसिक स्वास्थ्यको वर्तमान अवस्था हेर्ने हो भने वर्षभरीमा करिव ७ हजारको मृत्यु आत्महत्याबाट हुने गरेको पाइन्छ । १० प्रतिशत मानिसहरुमा केही न केही रुपमा मानसिक समस्या रहेको तथ्यांक छ । १३ देखि १७ वर्षका ५दशमलव २ प्रतिशत किसोर किसोरीहरुमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ । मातृमृत्युदर हुने १७ जना आमा मध्ये १ जनाले आत्महत्या गर्नुहुन्छ । गत एक दशकको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या ४५ सयबाट बढेर करिव ७ हजारको नजिक छ । देश धेरै नै मानसिक स्वास्थ्यको समस्यामा रहेको स्थिति छ ।’

उनले आत्महत्या गर्नेको दरलाई तथ्यांकमा केलाउँदा किसोर किसोरीमध्ये आत्महत्या गर्नेमा किसोरीको संख्या धेरै रहेको र समग्रमा भने आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै रहेको बताए ।

प्रदेशगत तथ्यांकलाई उल्लेख गर्दै देवकोटाले भने, ‘किसोर किसोरीको अवस्था हेर्दा आत्महत्या गर्नेमा किसोरीको संख्या धेरै रहेको तथ्यांक छ । तर, समग्रमा हेर्दा पुरुषको दर धेरै देखिन्छ । प्रदेशगत रुपमा हेर्दा आत्महत्या गर्ने दरमा धेरै संख्या बागमती प्रदेश,कोशी र लुम्बिनीमा छ, यसको स्थिति विकराल छ ।’

उनले नेपालमा मानसिक स्वास्थ्यको उपचारको अवस्था हेर्दा १० जना विरामी मध्ये ८ जनाले मात्रै पर्याप्य स्वाथ्य उपचार पाउने गरेको सरकारको तथ्यांक रहेको बताए   । सामान्य व्यक्तिको तुलनामा मानसिक स्वास्थ्यका विरामीको निधन १० देखि १५ वर्ष छिट्टै हुने गरेको देवकोटाले उल्लेख गरे ।

उनले सरकारकारले नसर्ने रोगको रोकथाम र उपचारको लागि बहुक्षेत्रीय कार्ययोजना तयार पारेको र चारवटा रणनीतिक क्षेत्र बनाएर ८२ वटा प्रमुख क्रियाकलाप गरेको जानकारी दिए ।

अस्वभाविक बढ्दो वैदेशिक रोजगारी,धेरै महत्वकांक्षी हुनु, अनौपचारीक क्षेत्रमा व्यवसाय गर्नु, सामाजिक सञ्जालको सहि उपयोग नगर्नु, बढ्दो दिर्घ रोग, मध्यपान र धुम्रपानको बढी प्रयोग, समयअनुसार सार्वजनिक स्वास्थय संस्थाको स्थितिमा सुधार गर्न नसक्नु जस्ता विविध कारणले नेपालमा मानसिक रोगका विरामी बढ्दै गएको सरकारको धारणा छ ।

नसर्ने रोगको उपचार सेवा छुट्टै निकायबाट दिने गरी भावि कार्ययोजनामा सरकारले ‘खुल्ला मञ्च स्वास्थ्य संस्था’ अन्र्तगत मानसिक रोगी र अन्य नसर्ने रोगको उपचार गर्न निश्चित उपचार गर्ने संस्था नै तोकेर कार्य गर्ने गरी योजना बनाएको देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0