मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई केही युवाहरुले काठमाडौंमा कालोमोसो दलेका छन्। सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन्।

बैंकको ऋण नतिर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र राजतन्त्रको वकालत गरेको भन्दै गणतन्त्रवादी युवा दर्ताले प्रसाईंलाई कालोमोसो दलेका हुन्।

सोमबार उक्त होटलमा प्रसाईंले पत्रकार सम्मेलनको आयोजना गरेका थिए। त्यहाँ जाने क्रममा उनीमाथि कालोमोसो दलिएको हो। कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रिवस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए।

प्रसाईंले पछिल्लो समय मारवाडी समुदायविरुद्ध उग्र अभिव्यक्ति दिँदै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0