प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ। गाजा क्षेत्रको फार्ममा काम गर्ने १० जना नेपालीहरूको मृत्यु भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको छ ।

परराष्ट्र उच्च स्रोतले भन्यो, ‘मृतकको शव संकलनको काम भइरहेको छ। शवहरू नेपाल ल्याउने विषयमा सोमबार बैठक बसेर निर्णय गर्छौं।’

आक्रमणमा परि घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

इजरायलमा अहिले चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेका छन् भने दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिले पनि लडाइँ जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0