काठमाडौं । वीर अस्पतालका कोभिड–१९ को समयमा राखिएका २७६ जना चिकित्सक तथा स्वास्थ्यकर्मी सेवामुक्त भएका छन् । करार सेवामा रहेका २७६ जनालाई आजैको मितिबाट सेवा मुक्त भएका हुन् । स्वास्थ्य मन्त्रालयको निर्देशन पश्चात् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्ले उक्त निर्णय गरेको अस्पतालका निर्देशक डा.सन्तोष पौडेल बताउँछन् ।

उनका अनुसार करारका कर्मचारी हटाउँदा अस्पतालले सातामा तीन दिन मिर्गौला प्रत्यारोपण गर्ने भनिएको थियो त्यो सेवासहित ग्यास्ट्रो सर्जरी, युरो सर्जरी र मिर्गौला प्रत्यारोपण धेरै प्रभावित भएको छ ।

पछिल्लो समय थपिएका केही वार्ड खुम्च्याएर भएपनि मुख्य सेवा प्रभावित नहुने कसरी बनाउने भन्नेमा लागेको उनले बताए ।

‘करारका जनशक्ति कटौती गरिदा अस्पतालको गुणस्तर र प्रभावकारिता दुबै पनि घट्ने निश्चित छ,’ उनले भने, ‘आजै अस्पतालका विभागीय प्रमुख, उपकुलपतिसहितका पदाधिकारी बसेर यसबारे कर्मचारी कटौटीका विषयमा छलफल गरिएको छ । सकेसम्म सेवामा कसरी कम भन्दा कम हानी होस् भनेर प्रयास गरिरहेका छौँ।’
अस्पतालमा ५९ बेडको आइसीयू सञ्चालन गरिरहेकोमा २३ बेड घटाएर ३६ बेड मात्र सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।
यता, निस्काशन गरिएको स्वास्थ्कर्मी तथा चिकित्सकले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका छन् । उनीहरुले विना जानकारी आफुहरुलाई सेवाबाट हटाएको भन्दै आक्रोशित बनेका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0