नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ।

नेपाल मेडिसिटी, नेपाल एसोसिएसन फर द स्टडी अफ पेन (एनएएसपी), एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिका एएनपीए र अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिन (एबीआरएम) को संयुक्त सहकार्यमा अक्टोबर ६ र ७, २०२३ मा अन्तर्राष्ट्रिय सम्मेलन भएको हो।

रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलनको लागि अन्तर्राष्ट्रिय स्टेम सेल विज्ञान समुदायको भेला भएको छ। यस सम्मलेनमा अन्तर्राष्ट्रिय चिकित्सकहरु डा. सैयद सलमान नईम गिलानी, डा. रोजिना बादल मुनीर, डा. मासिमो पिराकी, डा. रोहित वारियर, डा। आशान अबेवर्देना, डा.प्रदिप महाजन लगाएत नेपालका चिकित्सकहरुको उपस्थिति रहेको थियो।

यस सम्मेलनको उद्देश्य विश्वभरका स्टेम सेल विशेषज्ञहरू, रिसर्चचर र चिकित्सकहरु बीचको सहकार्य र अनुभव आदान प्रदान गर्ने रहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0