अन्तरराष्ट्रिय झापाली समाजको समन्वयमा ‘झापाली समाज अष्ट्रेलिया’ले गौरीगञ्ज गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।
गौरीगञ्ज गाउँपालिकासँगको साझेदारीमा झापाली समाज अस्ट्रेलियाले पालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । गौरीगञ्ज गाउँपालिकाको रु १० लाख चार हजार र झापाली समाज अस्ट्रेलियाको रु १० लाख चार हजारको आर्थिक सहयोगमा उक्त एम्बुलेन्स खरिद गरिएको हो । गौरीगञ्ज गाउँपालिकाले एम्बुलेन्समा आवश्यक सामग्री जडान गर्न रु तीन लाख ७१ हजार खर्च भएको पालिकाले जनाएको छ ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुँवर, प्रमुख प्रशासकीय अधिकृत खेम थापा, वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, कार्यपालिका सदस्य अघनुप्रसाद राजवंशी, अन्तरराष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेल, अन्तरराष्ट्रिय झापाली समाजका महासचिव नवीन पोखरेल, झापाली समाज अष्ट्रेलियाका शिव कँडेललगायतको उपस्थिति रहेको थियो ।