
काठमाडौँ । नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठ प्रभावित व्यक्तिमाथि हुने भेदभाव विरुद्धको राष्ट्रिय सम्मेलन बिहीवारबाट काठमाडौंमा सुरु भएको छ । सम्मेलन दुई दिन चल्नदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सम्मेलनको उद्घाटन गदैं bप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुष्ठ रोगको उन्मुलन एवं कुष्ठ रोग प्रभावित ब्यक्तिमाथि हुने भेदभाव बिरुद्ध सरकारले आफना ठाउंबाट भुमिका निर्वाह गर्न कमी हुन नदिने स्पष्ट पारे ।
उनले सरकारले पहिले देखि नै कुष्ठ रोग उन्मुलनका लागि बिशेष कार्यक्रम संचालन गर्र्देै आएको र बिभेद बिरुद्ध नागरिक स्तरको भुमिका आबश्यक रहेको बताए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा भएको उदघाटन शत्रमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले सम्मेलनको उद्देश्यमाथि प्रकाश पारे । कार्यक्रममा मन्त्रालयकातर्फबाट कुष्ठरोगको हालको अवस्था, चुनौती तथा रणनीतिक मार्गचित्र सम्बन्धी जानकारी गराइएको थियो ।
सासाकावा लेप्रोसी इनिसेटिभ्,नेपाल कानुन समाज,विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठरोग मिसन नेपाललगायतका संस्थाको सहकार्यमा भएको सम्मेलनमा कुष्ठ रोग निवारणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संलग्न संघ÷संस्थाका विशेषज्ञ र जानकारसहित करिव ३०० जनाको सहभागिता रहेको छ ।
सम्मेलनमा नेपालमा कुष्ठरोग उन्मुलनका लागि भएका प्रयास अभिबृद्धि सम्बन्धी विषयगत छलफलका साथै प्रदेश र स्थानीय तहमा कुष्ठ रोग उल्मुलनको गति बढाउने विषयमा गहन मन्थन हुनेछ । साथै, कुष्ठ रोगको उच्चदरबाट प्रभावित छानिएका स्थानीय तहबाट भएका असल अभ्यास तथा चुनौती, भेदभाव न्यूनीकरण तथा मानवअधिकार सम्बन्धी छलफल र प्रस्तुती हुनेछ । कुष्ठरोग उल्मुलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी, प्रभावित व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा, संरक्षणका लागि विद्यमान नीति, कानुनी पाटोकाबारे पनि सम्मेलनमा गहन छलफल हुने कार्यक्रम रहेको छ ।
के हो कुष्ठरोग ?
मानिसको छालामा फ्रूस्रो दाग देखिने र वरिपरिको भागलाई नष्ट गर्ने कुष्ठ रोग समयमै पहिचान र उपचार नभए व्यक्ति अपाङग हुने सम्भावना रहन्छ ।
कुष्ठरोग सजिलै निको हुने र कम सर्ने भएपनि यसका विरामी समाजमा अपमानको सिकार हुन बाध्य छन् । नेपाली समाजमा कुष्ठरोग शारिरीक समस्या मात्र नभई व्यक्तिको सामाजिक जीवनमा समेत असर पार्ने रोगकारुपमा रहेको छ । नेपालमा प्रत्येक बर्ष करिव २८६७ वटा कुष्ठ रोगका नयाँ विरामी दर्ता हुने गरेको तथ्याङक छ ।
हाल नेपालमा करिव २ लाखको संख्यामा कुष्ठरोगका विरामी रहेकामा करिव ३० हजार अपाङगताको अवस्थामा रहेको अनुमान गरिएको छ । विश्वव्यापी लक्ष्यअनुरुप नेपालले सन् २०३० भित्र यो रोग उल्मुलन गर्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।
नेपालका १८ जिल्ला भने विश्वव्यापी मापदण्डभन्दा बढी अर्थात प्रति दशहजार जनसंख्यामा एक जनामा यो रोग देखा परेको छ । जसमध्ये मधेश प्रदेशका सात जिल्ला पनि पर्दछन् । नेपालमा यो रोगका सवैभन्दा कम विरामी गण्डकी प्रदेश रहेको पाइएको छ । नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा कुष्ठ रोगका विरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदैआएको छ ।