अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङजाकोे चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि मुद्धा दायर गरेको छ ।
कोइरालाले ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
९० लाख ३९ हजार ६२० रुपैयाँ बीगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफत तथा असुलसम्बन्धी मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0