दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको छ।

राष्ट्रिय बीमा बोर्डबाट भुक्तानी नपाएपछि आर्थिक संकट उत्पन्न भएको उल्लेख गर्दै प्रतिष्ठानले जेठ १ गतेबाट लागू हुने इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा बीमाबाट नपाइने जनाएको छ। बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रियामात्र सुचारु गर्ने सुचनामा भनिएको छ ।

‘इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुनेछन्। तीन महिनाको निम्ति उपलब्ध गराइने औषधि एक महिनाको लागि मात्र उपलब्ध हुनेछ,’सुचना उल्लेख छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0