काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालका तत्कालीन निर्देशक डा. सञ्जय ठाकुरलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माण र ‘इन्टरलक ब्लक’ बिछ्याउने सम्बन्धी ठेक्कामा मिलेमतो गरेको गरेको दाबीसहितअख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
ठाकुरलगायतलाई १ करोड ८४ लाख३८ हजार ४५८ रुपैयाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टर ब्लक बिछ्याउने रहेको र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा एम एम३५ इन्टर ब्लक बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको र प्रतिस्पर्धालाई सीमित हुनेगरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७७/०७८ मा नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्ट लकिङ टायललाई भवन निर्माणको मुख्य आइटमको रुपमा समावेश गरेको पाइएको छ,’ आरोप पत्रमा भनिएको छ।