काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको छ।

हस्पिटलको सेवा बिस्तार गर्दै आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको हो।

हस्पिटलको रक्तसञ्चार केन्द्र आकस्मिक सेवामा एक महत्वपूर्ण सहाराको रुपमा रहनेछ भने यसले समग्र उपचार प्रणालीलाई समेत छिटो-छरितो, भरपर्दो र आत्मनिर्भर बनाउन पनि सहयोगि हुने विश्वास गरिएको छ।

ॐ हस्पिटल परिसरमा स्थापित रक्तसञ्चार केन्द्रमा आज आयोजित एक बिशेष समारोहका बीच ॐ हस्पिटलका अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठ, ॐ हस्पिटलका संस्थापक तथा संरक्षक डा. भोला रिजाल र पूर्व अध्यक्ष उद्धव पौडेलले संयुक्त रुपमा रिवन काटेर रक्तसञ्चार केन्द्रको समुद्घाटन गरेका हुन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0