स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।

उनका अनुसार यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ।

पछिल्लो समय डेंगुसँगै स्क्रब टाइफसका बिरामीहरु बढ्दै गएका ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी जनाएको छ  । गत वैशाखदेखि हालसम्म २५ सय जनालाई स्क्रब टाइफस देखिएको छ । गत वर्ष ३५ जनामा देखिएको थियो यो पटक केही बढ्न सक्ने ईडिसिडिसी जनाएको छ ।

स्कब टाइफस कसरी सर्छ
मुसामा लाग्ने ।
किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ। यो रोग मानिसबाट मानिसमा सर्दैन।

लक्षणहरु
धेरै टाउको दुख्नु ।
धेरै ज्वरो आउने ( काम ज्वरो आउँने )
आँखा रातो हुने ।

झाडापखाला लाग्ने ।
पसिना धेरै आउने ।

किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु ।

बच्ने उपायहरु
खेतबारीमा काम गर्दा वनजंगल अथवा झाडीमा जाँदा, वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइँ सम्म बुट लगाउने।

घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने ।

सम्भव भएसम्म भुइँमा नबस्ने। खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने ।

सकेसम्म घाँसवारी र चउरमा नबस्ने ।
मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने।

चउरमा, बारी, झाडी, घाँस तथा धुरान बढ्न नदिने

स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0