काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नयाँ फार्मेसी काउन्टर सुरु गरेको छ ।गत मङ्गलवारदेखि सुरु गरिएको फार्मेसीमा काउन्टर विशेष गरी आपतकालीन सेवाका लागि सञ्चालन गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले यस नयाँ फामेसी काउन्टरबाट अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी), बाझोपन र परिवार नियोजन रोगीहरूका लागि सेवा दिइने बताए ।

उनले भने, ‘अहिले अस्पतालको एनआईसीयूमा १० बेड थप गरी २० बेड सञ्चालन गरिएको छ भने गरिब विपन्न महिलाका लागि अस्पतालमा जनरलतर्फका ४५० शय्या निःशुल्क गरिएको छ ।’

गत भदौंबाट अस्पतालले अनलाइन टिकट सेवा समेत सुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0