चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहका सहकुलपतिका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गरेका थिए भने न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र कुमार बस्नेतले स्वागत मन्तव्य दिदै न्याम्सको बारेमा जनकारी दिए। २०७७ चैत्र देखि २०८० साउन सम्ममा विभिन्न विषयमा स्नातकोत्तर तथा स्नातक गरेका ५४१ जनाले उपाधि पाएका हुन्।
न्याम्सका शैक्षिक कार्यक्रमहरु वीर अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालल हृदय केन्द्र बाँसबारी , परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली , पाटन मानसिक अस्पताल, तीलगंगा आँखा केन्द्र, सिभिल अस्पतालहरुमा सञ्चालन हुँदै आएको छ ।

नेपाल आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल, श्री राम अम्बिका आँखा अस्पताल, कीर्तिपुर अस्पताल, भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल र भेरी अस्पतालहरुमा एकेडेमिक कार्यकमहरु संचालन गर्दै आएको छ।

 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलेले यी कार्यक्रमशरु वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालल अस्पताल, परोपकार प्रसूति ततम स्त्रिरोग अस्पताल, पाटन मानसिक अस्पताल तथा सिभिल अस्पताल सँगको सहकार्यमा संचालन गर्दै आएको छ।

त्यसैगरी नेपाल आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल, श्री राम अम्बिका आँखा अस्पताल, किर्तिपुर अस्पताल, भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल र भेरी अस्पतालहरुमा एकेडेमिक कार्यकमहरु संचालन गर्दै आएको छ।

दीक्षान्त समारोहमा सम्भाषणको रुपमा बरिष्ठ फिजिसियन एवं मुटुरोग विशेषज्ञ प्राडा डम्बर बहादुर कार्कीलाई निम्त्याइएको थियो ।
कार्यक्रममा सहकुलपतिका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गरेका थिए । न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र कुमार बस्नेतले स्वागत मन्तव्य दिदै न्याम्सको बारेमा जनकारी दिएका थिए।

कार्यक्रममा न्याम्सका शिक्षाध्यक्ष डा लोचन कार्की, रजिस्ट्रार डा ज्ञानेन्द्र शाह, डीन डा अशेष ढुंगाना, राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा, स्वास्थ्य तथम जनसंख्या मन्त्रालयका सचिव देव कुमारी गुरागाई, वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल लगायतको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0