बैतडी । शिवनाथ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन धमाधम निर्माण भइरहेको छ । गाउँपालिका–६ सुल्लेखानमा निर्माणाधीन भवनको ५० प्रतिशत काम पूरा भएको छ ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार सङ्घीय सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार रु नौ करोडको लागतमा शिवनाथमा भवन निर्माण भएको हो । उनले भने, “अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने छ । ” अस्पतालमा दुई जना एमबिबीएस चिकित्सकसहित २२ जना कर्मचारीको दरबन्दी छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0