काठमाडौं । नेपाल जनस्वास्थ्य संघले स्वास्थ्य सेवा र निजामती कर्मचारीको साझा ऐन हुनुपर्ने धारणा राखेको छ।
एक विज्ञप्ति जारी गर्दै एउटै ऐन मार्फत् नेपाल सरकारका सम्पूर्ण कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने बताएको हो।
‘ हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नयाँ स्वास्थ्य सेवा ऐन निर्माण गर्ने प्रकृयामा रहेको विषय नेपाल जनस्वास्थ्य संघको जानाकारीमा आएको छ। साथै संघीय निजामति ऐन पनि हाल संघीय संसदमा छलफल प्रकृयामा रहेको सन्दर्भमा एउटै ऐन मार्फत नेपाल सरकारका सम्पूर्ण कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने यस संघको धारणा रहेकोछ । यस सम्बन्धमा संघको तर्फबाट स्वास्थ्य सेवा ऐन संग सम्बन्धित विषयमा निम्न अनुसारको सुझाव पेश गर्न चाहन्छौं,’ अध्यक्ष कृष्णमान शाक्य हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1