सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका -गैराबारीमा एकै परिवारका आठ सहित १६ जना गम्भीर बिरामी परेका मध्ये एक जनाको मृत्यु भएको छ ।

ती बिरामीहरुको अहिले काठमाडौँको चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार भइरहेको हेलम्बु वडा नं – ४ का वडा अध्यक्ष बुद्धिमान तामाङले बताए ।

उनका अनुसार गाउँमा आएको थोपासिचाई परियोजनाको जिम्मा लिएका सोमार तामाङको घरमा गत बुधबार बेलुका खाना खाएका परिवारका ८ जना सहित अरु ८ जना बिरामी परेका हुन् । उपचारकै क्रममा सोमार तामाङको ५ वर्षका छोराको बिहीबार मृत्यु भएको छ ।

बिरामीहरु एउटा घरमा खाना खाएपछि भएकोले फुड पोइजनिङ भएको हो कि भन्ने आफूहरुको अनुमान भएको वडाध्यक्ष तामाङले बताए ।
यता, हेल्पिङ हेण्ड अस्पताल प्रशासक रविन पोखरेलका अनुसार अस्पतालमा आएकामध्ये १३ जना मध्ये अहिले २ जनाको आइसीयूमा र ८ जनाको हाइकेयरमा उपचार भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0