शुक्लाफाँटा नगरपालिका– १२ कालागौँडीमा आज सञ्चालन गरिएको एकदिने आँख शिविरबाट चार सय सात जना लाभान्वित भएका छन् ।
गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन शिविरमा एक सय ४७ पुरुष र दुई सय ६० महिलाले सेवा लिएका छन् । शिविरमा पुगेका ३३ जनामा मोतियाविन्दुको समस्या देखापरेको स्वास्थ्यकर्मी प्रकाश रानाले जानकारी दिए । मोतियाविन्दु देखापरेका बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया गरिने उनले बताए ।
शिविरमा आँखा जाँच गरिएकाहरूबाट पर्चाबापत रु २० र चश्माबापत रु दुई सयदेखि रु छ सय लिइएको थियो । यसअघि, नगर उपप्रमुख कल्पनाकुमारी जोशी (पन्त) ले उद्घाटन गर्नु भएको थियो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1