काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका बझाङ जिल्ला अध्यक्ष नरजितबहादुर खड्कामाथि धारिलो हतियार प्रयोग गरी आक्रमण भएको छ ।महासंघका अध्यक्ष झलक शर्मा गाैतम अनुसार अध्यक्ष खड्कामाथि सुर्मा गाउँपालिका ४ निवासी पारस बोहरा र नरेश बाेहरा नेतृत्वको जत्थाले आक्रमण गरेको हो ।

आक्रमणमा परेका खड्काको निधार सहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
जिल्लाको तालकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समेत रहेका जनस्वास्थ्य निरीक्षक खड्कालाई गत २७ चैतका दिन स्वास्थ्य कार्यालयले आयोजना गरेको तालीम समापन पश्चात घर फर्कदै गर्दा आक्रमण गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0