काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलन आजबाट काठमाडौंमा शुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ११औँ शिखर सम्मेलन आजबाट काठमाडौंमा शुरु भएको हो।
सम्मेलनको मुल नारा स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समातामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली रहेको छ।
सम्मेलनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अध्ययन र अनुसन्धान नै नीति निर्माणको आधारशिला रहेको बताइन् । उनले अनुसन्धनकर्ताका निष्चित निष्कर्षबाट नीति बन्नुपर्ने बताइन्।
उनका अनुसार शिक्षा तथ्य र प्रमाणमा आधारित स्वास्थ्य अनुसन्धान हुन जरुरी छ । उनले भनिन्, ‘नेपालमा स्वास्थ्य अनुसन्धानले नीतिगत रुपमा धेरै सहयोग गरेको भएता पनि पर्याप्त अझै देखिदैन् ।’
त्यसैगरी, सम्मेलनमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोग विद्यार्थीहरुको निर्वाह भत्ता र अदालतका मुद्धामा अल्झिनु परिरहेको भन्दै देशले लिने स्वास्थ्य नीतिलाई सहयोग हुने काम गर्न आवश्यक रहेको बताए ।
यो सम्मेलनमा नयाँ अनुसन्धानकर्ताले अवसर पाउने बताउँदैं उनले भने,’अनुसन्धानकर्तालाई एनएचआरसी सहयोग गर्नुपर्ने कुरामा जोड दिए। उनले विगतमा भएका राम्राकाम निरन्तरता दिनुपर्छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले स्वास्थ्य क्षेत्र विकासका लागि स्वास्थ्य अनुसन्धानका विषयलाई प्राथमिकता राख्नुपर्ने बताए । उनले भने, ‘अझै अस्पतालमा वेड थप्ने भन्दै यजना आयोगमा माग आउने गरेको देखिन्छ तर एआईको प्रयोग आएको अवस्थामा अनुसन्धानमा जोड दिनुपर्ने देखिन्छ ।’
स्वास्थ्य सचिव डा. विकास देवकोटाले तथ्यसँग खेलेर मन्त्रालयलाई तथ्यमा बोल्न सहयोग गर्ने संस्था स्वास्थ्य अनुसन्धान परिषदले नियमित रुपमा गर्ने यो सम्मेलनले अनुसन्धानकन निस्कर्षले ऐन निर्माण र सुधारमा प्रयोग हुने बताए ।
परिषद्का सदस्य सचिव डा.प्रमोद जोशीेले सम्मेलनबारे जानकारी दिए । उनले स्वास्थ्य र जनसंख्यामा आधारित अनुसन्धान प्रवर्द्धन गर्नु, प्रमाणमा आधारित नीतिनिर्माण प्रक्रिया सुदृढ गर्नु, र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीतिनिर्माताबीच सहकार्यलाई बलियो बनाउनु उद्देश्य रहेको बताए ।
सम्मेलनमा स्वास्थ्य बीमा, दक्ष स्वास्थ्यकर्मीको पलायन, मानसिक रोग, सर्ने–नसर्ने रोग तथा अनुसन्धान नियमन लगायत विषयमा पनि विशेष छलफल गरिनेछ ।
एक हजारभन्दा बढी राष्ट्रिय तथा एक सय भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरूको उपस्थिति रहने बताइएको छ। जसमा भारत, चीन, युके, स्विजरल्यान्ड, जर्मनी, अमेरिका लगायत अन्य देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागीता रहनेछ।