प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी अस्पताललाई ‘सेन्टर फर हेल्थ एक्स्लेन्स’का रुपमा विकास गर्न प्रशासकीय नेतृत्व, चिकित्सक र कर्मचारीलाई आग्रह गरेका छन ।

अस्पतालको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले विद्यमान सेवालाई अझ प्रभावकारी र व्यवस्थित गर्न तथा अस्पतालको दीर्घकालीन विकासका लागि सुधारका क्षेत्र पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामीप्रति गरिने मानवीय व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेसा एवम् सेवाप्रति संवेदनशील हुन आग्रह गरे ।

अस्पतालका मेडिकल निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजुले अस्पतालबाट प्रदान हुँदै आएको सेवा विस्तार गरी आमसर्वसाधारण नागरिकको पहुँचमा पुर्याइएको जानकारी दिए । अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन सदैव प्रयासरत रहेको उनको भनाइ छ ।

सो अवसरमा महानिरीक्षक थापाले अस्पतालका मेडिकल निर्देशक ह्योजुलाई इकोकार्डियोग्राफी मेसिन र लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दीपा नुच्छे प्रधानलाई आइसियु भेन्टिलेटर हस्तान्तरण गरे।

यस्तै नेपाल प्रहरी श्रीमती सङ्घका तर्फबाट अध्यक्ष श्रीमती रूपा थापाले हिटिङ गिजर र फिजियोथेरापी ट्रेड मिल हस्तान्तरण गरे ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0