काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ए (एनएचआरसी) ले राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११औं शिखर सम्मेलन गर्ने भएको छ । (आज) बुधबार पत्रकार सम्मेलन गदैं परिषदले चैत २८ देखि ३० गतेसम्म द सोल्टी होटेल, काठमाडौंमा सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
सम्मेलनको मुल नारा स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समातामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली रहेको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए ।
उनकाअनुसार उक्त सम्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको सहभागिता रहनेछ ।
‘यसका साथै स्वास्थ्य बीमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञहरुको पलायन, जनसंख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरु, मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरु र अनुसन्धान नियमनजस्ता स्वास्थ्य क्षेत्रका तडकारो विषयवस्तुमा केन्द्रीत भएर व्यापक छलफल र प्रस्तुतीकरण गरिनेछ,’डा जोशीले भने ।
सम्मेलनको औपचारिक उद्घाटन चैत २८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गर्नेछिन्।
यस वर्षको सम्मेलन विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने सम्भावित चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानसिलता, र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता जस्ता विषयमा केन्द्रित रहने प्रमुख रिसर्च अधिकृत डा मेघनाथ धिमालले जानकारी दिए ।
भारत, चीन, युनाइटेड किंगडम, स्विजरल्यान्ड, जर्मनी, अमेरीका लगायत अन्य देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सम्मेलनमा सहभागीता रहनेछ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा १४६ वटा मौखिक, १३० वटा पोष्टर प्रस्तुतीकरणका लागि गरी कुल २७६ वटा अब्स्ट्याकहरु प्राप्त भएका थिए । जसमध्ये साइन्टीफिक कमिटीले निर्धारण गरेको मापदण्डका आधारमा ८७ वटा मौखिक प्रस्तुतीकरण र ११५ वटा पोष्टर प्रस्तुतीकरण सम्मेलनमा प्रस्तुत हुनेछन् ।