default

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरको वायु प्रदूषणको मात्रा उच्च छ । अझ विशेष गरेर काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्युआई)  निकै अस्वस्थ्यकर बिन्दुमा पुगेको छ। वायु प्रदुषणमा सुधार आउँन अझै केही दिन लाग्ने विज्ञहरु बताउँछन् ।

वायु  प्रदूषणका कारण श्वासप्रश्वास छाला, आखा सम्बन्धि रोगहरु देखापर्ने इन्टरनल मेडिसिन फिजिसियन डा.रुपनारणयण शाह बताउँछन् । चैत र बैशाखको सिजनमा विस्तारै तापक्रम बढेर गर्मी बढन थाल्ने र सवारी साधनहरुको चाप पनि बढिरहेको हुँदा प्रदूषण पनि बढिरहेको बताउँछन् ।

प्रदूषणले छातीमा समस्या हुने, एलर्जीको बढि समस्या हुने विरामीहरुलाई अझै बढी समस्या हुने हुँदा बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने उनको आग्रह छ।

उनले भने,‘जाडोबाट गर्मी सुरु भएको छ । चैत र बैशाखको सिजनमा विस्तारै तापक्रम बढ्ने, गर्मी बढन थालेको छ । यस्तो बेलामा दिर्घ रोगी, छातीमा समस्या हुनेहरुलाई धेरै कठिन हुन्छ । एलर्जीका विरामीहरुलाई समस्या हुने गर्छ । त्यसैले विरामीहरु घरबाट बाहिर निस्कदा मास्क लगाउनुपर्छ ।’

त्यस्तै गर्मीको समयमा बच्चा र बृद्धबृद्धाहरुमा बढि स्वास्थ्य समस्या देखिने पनि जानकारी दिए । बृद्धबृद्धाहरुमा बढि दमको समस्या छ भने भ्याक्सिन लगाउदा केही राहत हुने उनको भनाई छ ।
उनले भने,‘गर्मी बढन थालेपछि पानीको कमी हुन्छ । धेरै मान्छेलाई पसिना जाने हुन्छ त्यसको लागि झोल चिजहरु पिउनुपर्छ ।

default

विद्यालयमा डाक्टर, नर्स राख्ने चलन पनि छ । बृद्धबृद्धाहरुमा दमको समस्या छ भने भ्याक्सिन लगायो भने केही सजह हुन्छ । जलवायु प्रदूषण र परिवर्तनको क्षेत्रका सम्बन्धित सबैजना काम गरिरहेका छन् । काठमाडौंमा जनसंख्या बढिरहदा सवारी साधनहरु पनि बढिरहेका छन् त्यसले पनि प्रदुषण बढेको उनको ठम्माई छ ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0