नेपाल फार्मेसी काउन्सिलले फर्मासिष्टहरुको विशेषज्ञता (स्नाकोत्तर) सहितको विवरण अध्यावधिक गर्ने भएको छ।
काउन्सिलले सूचना जारी गर्दै परिषदमा दर्ता भएका फर्मासिष्टहरुले विशेषज्ञता (स्नाकोत्तर) को प्रमाण( पत्र सहितको कागजात सहितको विवरण अध्यावधिक गर्न भनेको छ। विवरण अध्यावधिक गर्न काउन्सिलले तीन महिनाको समय दिएको छ। अध्यावधिक नगर्ने फर्मासिष्टहरुको हकमा काउन्सिलले त्यस्तो विशेषज्ञतालाइ प्रमाणित गर्न बाध्य नहुने पनि सूचनामा उल्लेख गरेको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1