राप्रपा सांसद एवं पूर्वमन्त्री दीपक बोहराको निधन भएको छ । उनी रुपन्देही १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा केही बेरअघि निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

घाँटीसम्बन्धी समस्याबाट पीडीत बोहरालाई पछिल्लो समय पेटसम्बन्धी स्वास्थ्य समस्याले सताएको थियो ।

पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0