स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेको स्वास्थ्य बिमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने बताएका छन ।
विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्वास्थ्य बिमा कोष करिब रु एक खर्ब बराबरको बनाउन सके स्वास्थ्य बिमा क्षेत्रका समस्या समाधान हुने बताएका छन । उनले मुलुकमा कुल बजेटको करिब सात प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने माग समेत गरेका छन ।
मन्त्री पौडेलले निजी मेडिकल कलेजले चिकित्सकहरूलाई दिइने सुविधाबारे सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने र यसका लागि सहमतिको विन्दु पहिल्याउने प्रयास भइरहेको बताए ।
उहाँले फरक प्रसङ्गमा बोल्दै लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र परिष्कृत लोकतन्त्र नै भएको बताए । मन्त्री पौडेलले नागरिक अधिकार, आफैँले जनप्रतिनिधि चयन गर्ने, बोल्न पाउने अधिकारलगायत विषय लोकतान्त्रिक गणतन्त्रमा मात्र पाइने धारणा राखेका छन । उनले हिंसाको जगमा व्यवस्था परिवर्तन हुन नसक्ने धारणा राखेका छन ।