मधेसका मुख्यमन्त्री सतिश सिंहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको आज शिलान्यास गरेका छन ।
जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित मणि मण्डप पछाडिको गुठी जग्गामा निर्माण हुन लागेको उक्त भवनले प्रतिष्ठानका शैक्षिक गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । मुख्यमन्त्री सिंहले रु दुई करोड ५० मा ठेक्का आह्वान भइसकेको जानकारी दिँदै समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवका अनुसार प्रतिष्ठानको शैक्षिक भवनसहित कक्षा कोठा, प्रयोगशाला र अस्पतालको संरचना निर्माण गर्ने योजना रहेको बताए । उनले भवन निर्माणपछि शैक्षिक गतिविधिमा सुधार आउने बताए ।
नगरप्रमुख मनोजकुमार साहले गुठीको जग्गमा कानुनी प्रक्रिया पूरा गरी भवन निर्माण हुन लागेको स्पष्ट पारेका छन । उनले सामाजिक कार्यका लागि निर्माण भइरहेकाले भवनको दुवै छेउमा वैकल्पिक सडकको व्यवस्था मिलाइने जानकारी दिँदै सबै पक्षलाई सहयोग गर्न आग्रहसमेत गरे ।
प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0