काठमाडौं । राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ।

राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एकजना व्यक्तिले ज्यान गुमाएका हुन् ।
सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको छ ।

एभिन्युज टेलिभिजनले लाइभमै आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ।

नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव फेला परेको बताए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0